Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पर्वतका एक युवाले श्रीमतीको कोदालोले हानेर गरे हत्या,पाचँजना साना बालबालिकाको बिचल्ली

पर्वतका एक युवाले श्रीमतीको कोदालोले हानेर गरे हत्या,पाचँजना साना बालबालिकाको बिचल्ली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १०, २०७८ बिहिवार • १२:४५:५७ बजे
  • 2.1K
    SHARES
  • पर्वतका एक युवाले श्रीमतीको कोदालोले हानेर गरे हत्या,पाचँजना साना बालबालिकाको बिचल्ली

    पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् ।

    images

    सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरि गम्भीर घाइते हुने गरि कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    श्रीमतीको कुटपिटबाट मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ । अभियुक्त सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरी दरखास्त दिएका छन् ।

    सार्कीलाई बुधबार पर्वत जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीले जानकारी दिए ।

    मृतक नेपालीका दुई छोरी र तीन छोरा छन् । आमाको हत्या र बाबु पक्राउ परेपछि साना बालबालिकाको बिचल्ली भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology