Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

युट्युबमा भाइरल सन्तोषीको बलात्कारको प्रतिकार गर्दा घाँटी थिचेर हत्या, हत्या आरोपी सार्वजनिक

युट्युबमा भाइरल सन्तोषीको बलात्कारको प्रतिकार गर्दा घाँटी थिचेर हत्या, हत्या आरोपी सार्वजनिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १०, २०७८ बिहिवार • १२:५९:२७ बजे
  • 3.6K
    SHARES
  • युट्युबमा भाइरल सन्तोषीको बलात्कारको प्रतिकार गर्दा घाँटी थिचेर हत्या, हत्या आरोपी सार्वजनिक

    काठमाडौंको दक्षिणकालीमा युट्युवमा भाइरल महिला सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

    images

    महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरिएको हो ।

    असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए । पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको शव फेला परेको थियो ।

    ​घटनास्थलमा उनले जरबरजस्ती गर्नेक्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनले हत्या पश्चात अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्र

    हरीले शव सन्तोषीको भएको पुष्टि बुधबार गरेको थियो भने त्यसको २४ घण्टा नबित्दै हत्या आरोपीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology