Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

दुई बालिकालाई यौनशोषण गरेको आरोप लागेका युट्युबर शिवाकोटी जेल चलान

दुई बालिकालाई यौनशोषण गरेको आरोप लागेका युट्युबर शिवाकोटी जेल चलान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७७ मंगलवार • १५:०५:४२ बजे
  • 3.8K
    SHARES
  • दुई बालिकालाई यौनशोषण गरेको आरोप लागेका युट्युबर शिवाकोटी जेल चलान

    दुई बालिकालाई यौनशोषण गरेको आरोप लागेका युट्युबर मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक ३८ वर्षीय अर्जुन शिवाकोटीजेल चलान भएका छन्।

    images

    जिल्ला अदालत काठमाण्डौले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि शिवाकोटी जेल चलान भएका हुन्।  उनलाईडिल्लीबजार कारागार चलान गरिएको बताइएको छ।

    काठमाण्डौको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई पटक–पटक यौन शोषण गर्ने गरेको उजूरी प्रहरीमा परेपछि असार १५गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो।  आबश्यक अनुसंधानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमार्फतप्रहरीले उनलाई जिल्ला अदालत काठमाण्डौमा पेश गरेकोमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

    शिवाकोटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो । शिवाकोटीले प्रहरीप्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्मपुगेका थिए ।

    प्रहरीका ओसार, ०७६ असोजदेखि १४ वर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । पछि, १२ बर्षीयालाईसमेत बलात्कार गर्न थाले । बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन चार बर्षदेखि एउटै घरमा बस्थे ।

    पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाए।
    Janasanchar.com

     

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology