Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न दलित मुक्ति मोर्चाको माग

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न दलित मुक्ति मोर्चाको माग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ११, २०७८ शुक्रवार • ११:४२:३० बजे
  • 1.4K
    SHARES
  • मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न दलित मुक्ति मोर्चाको माग

    पोखरा ।सञ्चारकर्मी रुपा सुनारमाथि राजधानी काठमाडौंमा डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत–विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेको समयमा मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।

    images

    नेपाल दलित मुक्ति मोर्चाले संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ । ​मोर्चाले विज्ञप्ति जारी गर्दै नेपाल सरकारको मन्त्रीजस्तो व्यक्तिबाट अख्तियारको चरम दुरुपयोग गर्दै कानुन र न्यायको प्रक्रियामाथि निर्लज्ज हस्तक्षेप गरिएको भन्दै निन्दा एवम् भर्त्सनासमेत गरेको छ ।

    ‘राज्यको जिम्मेवार मन्त्रीबाट नै संविधान र कानुनको धज्जी उडाउँदै छुवाछूत विभेदको संरक्षण गरेको कार्यले सिङ्गो दलित समुदायलाई अपमान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, निज मन्त्रीलाई कारवाही स्वरुप पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं ।’

    ​मोर्चाका सहसंयोजक दलजित श्रीपालीद्वारा जारी विज्ञप्तिमा जातीय विभेद तथा छुवाछुत महशुस हुने विषयसमेत रहेको र पीडकहरूलाई महशुस हुनेबित्तिकै यसको हलको प्रक्रिया सुरु हुने स्मरण गराइएको छ । ‘पीडितहरू प्रताडित भइरहने तर पीडकहरूलाई अलिकति पनि महशुस नहुने भएकाले यसलाई कानुन र संविधानमै लिपिबद्ध गर्नु परेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, छुवाछुत–विभेदको यसप्रकारको गम्भीर प्रकृतिको घटनालाई समेत केही नै नभएको जस्तो गरी केही पश्चगामी–व्राहम्णवादी व्यक्तिहरूबाट सामाजिक सञ्जालमा अभिव्यक्त गरिएका विचारहरूलाई हामीले गहिरो गरी नियालिरहेका छौं ।’

    मोर्चाले कसैले कसैलाई घरभाडामा दिनु वा नदिनु उसको अधिकार क्षेत्रको कुरा रहेको पनि प्रस्ट पारेको छ । तर दलित भएकै कारणले कोठाभाडामा दिन्न भन्नु कानुनअनुसार अपराध हुने उसले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology