Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी एक महिलाको सकुशल उद्धार

नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी एक महिलाको सकुशल उद्धार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ११, २०७८ शुक्रवार • ११:४८:१४ बजे
  • 421
    SHARES
  • नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी एक महिलाको सकुशल उद्धार

    पोखरा । बर्दियामा नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । ती महिलाले बिहीबार अन्दाजी १६:३० बजेको समयमा गुलरिया नगरपालिका वडा नं। ८ स्थित भादा नदीमा हामफालेकी थिइन् ।

    images


    जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी  प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार  महिलाले हामफालेको भन्ने खबर प्राप्त हुन साथ उद्धारका लागी प्रहरी नायव निरीक्षक मणिराज भट्टको कमाण्डमा टोली परिचालित गरिएको थियो । टोलीले बग्दै गरेकी महिलालाई सकुशल उद्दार गरेको शाहीको भनाइ छ ।


    ती महिलाको बर्दिया अस्पताल गुलरियामा ल्याएर उपचार गराइएको थियो । महिलासँग सोधपुछबाट गर्दा उनी भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम बलैगाउँ निवासी भएको पाइएको थियो । प्रहरीले भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम पञ्चायतको गाउँ प्रधानसँग समन्वय गरी उनलाई श्रीमान्को जिम्मा लगाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology