नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार ५८६ र एन्टिजेन विधिबाट ४ हजार ७६५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४७६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ जना रहेको छ । २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९४५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।