Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शुक्रबार रुसमा दैनिक २० हजार भन्दा बढी कोरोना सङ्क्रमित

शुक्रबार रुसमा दैनिक २० हजार भन्दा बढी कोरोना सङ्क्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७८ शुक्रवार • २१:०८:४९ बजे
  • 1.2K
    SHARES
  • शुक्रबार रुसमा दैनिक २० हजार भन्दा बढी कोरोना सङ्क्रमित

    रुसमा शुक्रबार पनि २० हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । रुसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक सङ्क्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरुलाइ रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेत गरी रुसमा हाल ५४ लाख ९ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ ।

    images

    यो समेत गरी रुसमा अहिलेसम्म कोेरोनाका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । रुसको मस्को शहरमा यहाँका सङ्क्रमित मध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रुसमा यहाँका सङ्क्रमितहरु मध्ये सबैभन्दा बढी प्रभावित भएका बताइएको छ ।

    समाचार अनुसार रुसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाख भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ । त्यसैगरी गएको चौबीस घन्टा यता मात्र पनि रुसको मस्कोमा करिब ८ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रुसमा कोरोना भाइरसका विरुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो । शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रुसमा यहाँका तीन करोड ६० लाख मानिसलाई कोरोना भाइरसका विरुद्धको खोप दिइएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # रुस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology