Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज देखि मनसुन सक्रिय

आज देखि मनसुन सक्रिय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७८ शनिवार • ०८:५७:०८ बजे
  • 1.4K
    SHARES
  • आज देखि मनसुन सक्रिय

    आजदेखि मनसुन सक्रिय भएको छ । केहि दिनदेखि निसक्रिय भएको मन्सुन आज पुनः सक्रिय भएको हो । आजदेशका धेरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ। आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    images

    बुलेटिनअनुसार यस क्रममा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौुसमविद् मानन्धरका अनुसार हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना त सबैतिर छ भने भारी वर्षाचाहिँ उल्लिखित प्रदेशका कुनै कुनै स्थानमा हुने हो। ‘प्रदेशभरि नै भारी वर्षा हुने त होइन, तर ती प्रदेशका थोरै स्थानमा, जुनसुकै ठाउँमा हुन सक्छ,’ मौसमविद् मानन्धरले भनिन्।

    बागमती प्रदेशअन्तर्गत आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना छ। यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। यस क्रममा प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद् मानन्धरका अनुसार आज (शनिबार) र भोलि मनसुन सक्रिय रहने देखिएको छ। ‘अहिले पानी पार्ने बादल सुदूरपश्चिम र कर्णाली प्रदेशयताका पाँचवटा प्रदेशमा बढी देखिएको छ,’ उनले भनिन्, ‘यो दुई दिन यिनै प्रदेशमा बढी वर्षाको सम्भावना देखिएको छ।

    मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

  • सम्बन्धित विषय:

  • # मनसुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology