Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या

वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १२, २०७८ शनिवार • १०:१५:४२ बजे
  • 1.1K
    SHARES
  • वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको छ । सरकारी पोखरी खन्ने क्रममा एक्स्काभेटर चालकसँग विवाद हुँदा एक्स्काभेटरको बकेटले ठक्कर दिइ वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको प्रहरीले जनाएको छ ।

    images

    राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, पोखरी खनाउने ठेकेदार प्रेमराज दाहाल र एक्स्काभेटरका चालक हर्कबहादुर तामाङ नजिकैको होटलमा सँगै खाजा खाएर बसेका थिए ।

    राति करिब १० बजेपछि खाजा खाएर घर फर्कने क्रममा एक्स्काभेटरका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको र सोही क्रममा पोखरी खन्ने स्थानमा पुगेपछि चालक तामाङले एक्स्काभेटर चलाएर एक्स्काभेटरको बकेटले वडाध्यक्ष श्रेष्ठलाई लडाएर माटोले पुरेको पाइएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

    अचेत अवस्थामा फेला परेका वडाध्यक्ष श्रेष्ठलाई उपचारका लागि अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटना संलग्न रहेको आरोपमा ठेकेदार ईश्वरपुर नगरपालिका–३ का ३५ वर्षीय प्रेमराज दहाल एक्स्काभेटरका चालक बरहथवा नगरपालिका–१ का ३८ वर्षीय हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology