Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिन्धुपाल्चोकमा बाढीले बगायो तीन तले घर

सिन्धुपाल्चोकमा बाढीले बगायो तीन तले घर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७८ शनिवार • १०:३१:४९ बजे
  • 1.1K
    SHARES
  • सिन्धुपाल्चोकमा बाढीले बगायो तीन तले घर

    सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ। अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकारामले जानकारी दिए।

    images

    मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीन तले घर नदी कटानको कारणले ढलेको हो। यसअघि अहिलेसम्म मेलम्चीमा कुनै पनि व्यक्तिको घर ढलेको थिएन। प्रहरीका अनुसार गोपालका परिवार अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित छन्। असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन्। त्यस्तै ४०० भन्दा बढी घर बिस्थापित भएका छन्।

    निरन्तर वर्षाको कारण नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ।

  • सम्बन्धित विषय:

  • # सिन्धुपाल्चोक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology