पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने ४९१४ जना संक्रमणमुक्त भएका छन् ।