Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङको तमानखोला केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना पुष्टि, बजार सिल

बागलुङको तमानखोला केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना पुष्टि, बजार सिल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १२, २०७८ शनिवार • १८:३४:४५ बजे
  • 580
    SHARES
  • बागलुङको तमानखोला केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना पुष्टि, बजार सिल

    बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले बजार क्षेत्र एक हप्ताका लागि सिल गरेको छ । बजारमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

    images

    गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजेन्ट परीक्षणमा वडा नं १ बोङ्गादोभान बजारमा मात्रै १७ सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमण दर वृद्धि हुन थालेपछि गाउँपालिकाले शुक्रबारदेखि यही असार १७ गते राति १२ः०० बजेसम्मका लागि बजार पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology