Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीबाट पोखरातर्फ आउँदै गरेको ट्याक्सी र नयाँपुलतर्फ जाँदै गरेको बस ठक्कर खाँदा चार जना घाइते

म्याग्दीबाट पोखरातर्फ आउँदै गरेको ट्याक्सी र नयाँपुलतर्फ जाँदै गरेको बस ठक्कर खाँदा चार जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १२, २०७८ शनिवार • १९:५८:०४ बजे
  • 1.6K
    SHARES
  • म्याग्दीबाट पोखरातर्फ आउँदै गरेको ट्याक्सी र नयाँपुलतर्फ जाँदै गरेको बस ठक्कर खाँदा चार जना घाइते

    पोखरा । पोखरातर्फ आउँदै गरेको ट्याक्सी र नयाँपुलतर्फ जाँदै गरेको बस एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् ।आज दिउसो सवा १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका ३ काँडेमा ग १ ख ८१५५ नम्बरको बस र ध १ ज ४०३ नम्बरको ट्याक्सी ठक्कर खाँदा ट्याक्सीका चालकसहित ४ जना घाइते भएका हुन् ।

    images

    घाइते हुनेहरुमा ट्याट्याक्सी चालक म्याग्दी जिल्लाको मालिका गाउँपालिका ३ दरवाङका दिवस सुबेदी, रघुगंगा गाउँपालिका १ की मनदेवी खड्का क्षेत्री र छे बहादुर खड्का क्षेत्री तथा बेनी नगरपालिका ९ का किसान खत्री रहेका छन् । उहाँहरुकाे पाेखरास्थित अस्पातालहरुमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

    मणिपाल अस्पतालमा उपचार हुँदै गरेकाे सुवेदीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी क्षेत्रीद्धयको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उहाँहरुको अवस्था मध्यम रहेको छ । अर्का घाइते खत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको पनि अवस्था मध्यम रहेको जनाइएको छ ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नावय उपरीक्षक श्रवण कुमार बि।क।ले दिएको जानकारी अनुसार सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology