Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १४:०८:१६ बजे
  • 1.1K
    SHARES
  • पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

    सुनसरीको कोसी गाउँपालिका–८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने ८ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

    images

    सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल इनरुवा उपचारको क्रममा मृत्यु भएको छ ।

    उक्त दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ वर्षीय नारायण बत्स्यालको विराट नर्सिङहोममा उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology