Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गहन चिन्ताको विषय :- राम बस्नेत

गहन चिन्ताको विषय :- राम बस्नेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १५:४७:४४ बजे
  • 2.0K
    SHARES
  • गहन चिन्ताको विषय :- राम बस्नेत

    कोरोना भाइरस (कोभिड - १९) बाट विश्व आक्रान्त भईरहेको छ । यो महामारीमा धेरै मानिसले आफ्नो जागीर गुमाउनु पर्यो भने कतिपयले ज्यान समेत गुमाइरहेका छन। यो महामारी बाट कुवेत पनि अछुतो रहन सकेन । कुवेतमा पनि नेपाली कामदारको लागि धेरै नै समस्या आई लाग्यो । कति ले आफ्नो जागीर गुमाए भने कतिपय छुट्टीमा घर गएका फर्किएर आउन सकिरहेका छैनन । त्यसैले छुट्टीमा घर गएका लाई कुवेत प्रवेशका लागि कुवेत सरकार बाट मान्यता प्राप्त कोरोना भ्याक्सिन लगाएका आउन दिने निर्णय गरेको छ । तल उल्लेख गरिएका भ्याक्सिन लगाएका लाई कुवेत प्रवेशमा कुनै रोकटोक नलगाउने कुवेत सरकारले जनाएको छ ।
    १-मोडोना 
    २-जोनसोन एन्ड जोनसोन 
    ३-अक्स्फोर्ड अस्ट्राजेनिका 
    ४-पी फाइजर 

    images

    अहिले सम्मको प्राप्त समाचार अनुसार यी माथि उल्लेखीत कोरोना खोप लगाएका आधिकारीक भ्याक्सिनको प्रमाणपत्र नलिए सम्म घरविदामा गएका नेपालीहरु र नयाँ रोजगारको सिलसिलामा कुवेत आउन चाहने नेपालीहरु तथा कुवेत भ्रमणमा आउने नेपालीहरुले कुवेत प्रवेश गर्न भने पाउने छैनन ।

    यी माथी उल्लेखित भ्याक्सिनहरु नेपालमा  नभयका कारण अरब राष्ट्रमा मात्र लाखौं नेपालीहरुले जागीर गुमाउने खतरा बढेको छ । त्यसैले बिदेशिहरु तथा घरविदामा गएका नेपालीहरुको  लागी कुवेत सरकार का लागि मान्यता प्राप्त गरेका भ्याक्सिन लगाएका मात्र कुवेत प्रवेश गर्न पाउने छन । यो समस्या कुवेतमा कार्यरत नेपालीहरुको लागी मात्र नभएर अरब राष्ट्र तथा अन्य मुलुकमा बस्ने नेपालीहरुको लागी निकै जटिल बन्दै गएको छ ।

    अब जति सक्दो छिटो ढिला नगरी नेपाली दूतावास, विस्व एनआरएनए र नेपाल सरकारले छिट्टै नेपालमा प्रचलित कोरोना भ्याक्सिनहरु लाई अन्तराष्ट्रिय मापदण्ड अनुसार विश्वका सबै मुलुकमा भ्याक्सिन लगाइसकेका नेपालीहरुले प्रवेश पाउने निति लियोस । अथवा यी माथि उल्लेख गरिएका कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउन सकोस । अन्यथा विश्वभर बाट लाखौ नेपालीहरुले जागीर गुमाउने छन । नेपालको अर्थतन्त्र धराशायी बन्ने खतरा बढेको छ । खतराको आलारम घन्टी बजिसक्यो । रोजगारीको सिलसिलामा कुवेत लगायत विस्वभर कार्यरत नेपालीहरुको समस्यालाई मध्यनजर गरेर सार्वजनिक रुपमा अपिल गर्दै  नेपाल सरकार समक्ष यो सम्बेदनशिल विषयमा ध्यानाकर्षण गराउन चाहन्छु ।

    त्यसैगरी कुवेतमा कार्यरत नेपाली समुदाय, दूतावास, सरोकारवाला, मिडिया हाउस, समाजसेवी, नागरीक अगुवा, व्यवसायी र अभियन्ता सबै एकजुट र एक आवाज सहित नेपाल सरकार लाई दवाव दिने समय आएको छ । नेपालले अझै आमसिक लकडाउन खेपी राखेको  छ । कोभिड-१९ को मापदण्ड पुरा गरेर मुलक जान चाहेका नेपालीहरु लाई हवाइमार्ग मार्फत कुवेत देखी नेपाल जान पाउने भएका छन । २७ जुन २०२१ देखि कुवेतमा आधिकारीक रुपमा खोप लगाइ सकेका सर्व-साधारणहरुले मात्र मल, रेस्टुरेन्ट, दोकान, क्याफे र जिमहलमा जान पाउने कुवेत सरकारले जनाएको छ । यसरी कोरोना खोप नलगाइ सकेका सर्वसाधारणहरुले भने ६००० वर्गमिटर/ ६० मिटर  भन्दा ठुला भवनहरु भित्र काम गर्न, घुमफिर र किनमेलको लागी जान पाउने छैनन ।

    राम बस्नेत 
    नागरीक सचेतक 
    हाल: कुवेत

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology