Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गैर आवसिय नेपाली संघ क्षेत्रिय कमिटी सेन्दाईको दोस्रो बैठक बिबिध निर्णय गर्दै सम्पन्न

गैर आवसिय नेपाली संघ क्षेत्रिय कमिटी सेन्दाईको दोस्रो बैठक बिबिध निर्णय गर्दै सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १६:३७:४९ बजे
  • 2.5K
    SHARES
  • गैर आवसिय नेपाली संघ क्षेत्रिय कमिटी सेन्दाईको  दोस्रो बैठक बिबिध निर्णय गर्दै सम्पन्न

    गैर आवसिय नेपाली संघ जापान अन्तर्गत क्षेत्रिय समिती सेन्दाईको दोस्रो पुर्ण बैठक बिभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ संघको अध्यक्ष हरिगोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले सॅघको कार्यलाई चुस्तदुरुस्त गराउनका लागी बिभिन्न उपसमिती गठनगरेको छ जस अनुसार क्रमश शिक्षा तथा स्वास्थ्य उपसमिती छिरिगं नोर्बु शेर्पा , कोष बृद्दि तथा रोजगार उपसमिती  सन्दिप  जिसी ब्यबसाय तथा कोष स्थापना उपसमिती बिमल जिएम,महिला तथा बिलबालिका उपसमिती टिका कुमारी वलि सुचना तथा संचारउपसमिती प्रकाश बिश्वकर्मा,युवा सशक्तिकरण तथा खेलकुद उपसमिती समिरदत्त चौलागाई कला तथा साहित्य उपसमिती कमल बॅानिया आप्रबासन,ईमिरग्रेसन,तथा प्राबिधिक मामिला उपसमिति संयोजक कृष्ण बिक्रम घिसिगं बिधार्थी सम्पर्क उपसमिती असोक निरौला र परोपकार तथा प्रकोप ब्यबस्थापन उपसमिती हरी गोपाल श्रेष्ठ संयोजक रहने गरी जिम्मेवारी बॅाडफॅाड गरेको छ।

    images

    साथै संस्थाले केही दिनमा प्राबिधिक तयारी पुरा गरेर रक्तदान कार्यक्रमको आयोजना गर्ने,सेन्दाई क्षेत्रमा रहेर अध्ययन गर्ने बिधार्थीकालागी छात्रबृत्ति प्रदान गर्ने र यसका लागी शिक्षा  बिभागलाई आबश्यक तयारी गरेर छात्रबृत्ति आब्हानको सार्बजनिक सुचाना जारी गरी प्रक्रिया अगाडी बढाउन जिम्मा दिने निर्णय गरेको संयोजक हरी गोपाल श्रेष्ठले जानकारी दिनु भएको छ।

    कोरोना संक्रमण र त्यसको असरलाई मध्यनजर गर्दै नेपाली समुदायमा पर्न सक्ने समस्याको न्युनिकरण गर्नका लाकी सरोकारवाल सबैनिकाय संग सहजिकरण छलफल गर्ने र बर्षयामको कारण नेपालमा हुन सक्ने बिपत्तिलाई ध्यानमा राखी आपतकालिन कोष खडा गरेर सहयोग गर्ने समेत निर्णय भएको सचिब साबित्रा लामाले बताउनु भएको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology