जाजरकोट। जाजरकोटमा २३ वर्षीया रमिता धियारको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ।
नलगाड नगरपालिका-१० बस्ने धियारको घरनजिकैको बिजुलीको लत्रिएको तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल आठबिसकोट राडी रुकुम पश्चिममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई बचाउने क्रममा उनीसँगै करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने २५ वर्षीया प्रमिला धियार र ६५ वर्षीया बेलु धियारको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।