Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मर्स्याङ्दीमा फस्यो जेसिबी, अपरेटरको सकुशल उद्धार

मर्स्याङ्दीमा फस्यो जेसिबी, अपरेटरको सकुशल उद्धार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १३, २०७८ आइतवार • १६:५१:४६ बजे
  • 568
    SHARES
  • मर्स्याङ्दीमा फस्यो जेसिबी, अपरेटरको सकुशल उद्धार

    मनाङ। मनाङको चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ। नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

    images

    मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए। जेसिबीबीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालिकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको उनले बताए। जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर पनि मर्स्याङ्दी नदीको बीचमा फसेको हो। नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको हो।

    पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो। पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ। नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ। रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology