Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १ हजार ९२० जनामा कोरोना संक्रमण, ३ हजार ७ संक्रमणमुक्त, ३४ जनाको मृत्यु

थप १ हजार ९२० जनामा कोरोना संक्रमण, ३ हजार ७ संक्रमणमुक्त, ३४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १६:५८:३१ बजे
  • 916
    SHARES
  • थप १ हजार ९२० जनामा कोरोना संक्रमण, ३ हजार ७ संक्रमणमुक्त, ३४ जनाको मृत्यु

    देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना ससंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।.

    images

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।.

    नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology