Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गण्डकी प्रदेश मन्त्रालय भागभण्डा : दुई मन्त्रीले लिए मन्त्रालयको जिम्मेवारी , मनाङ्गेले मागे भौतिक आर्चायले मागे अर्थ

गण्डकी प्रदेश मन्त्रालय भागभण्डा : दुई मन्त्रीले लिए मन्त्रालयको जिम्मेवारी , मनाङ्गेले मागे भौतिक आर्चायले मागे अर्थ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १३, २०७८ आइतवार • १७:०२:४३ बजे
  • 766
    SHARES
  • गण्डकी प्रदेश मन्त्रालय भागभण्डा : दुई मन्त्रीले लिए मन्त्रालयको जिम्मेवारी , मनाङ्गेले मागे भौतिक आर्चायले मागे अर्थ

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार सरकारका दुई मन्त्रीको जिम्मेवारी तोकेका छन ।करिब दुई हप्तापछि नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

    images

    अधिकारी र खड्का सँगै बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेले भने मुख्यमन्त्रीले तोकेको मन्त्रालय लिन मानेनन् । मुख्यमन्त्रीले उनलाई तत्कालका लागि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेका थिए तर उनले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका छन् ।

    मन्त्री मनाङेले आफूलाई भौतिक मन्त्रालय नदिए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग राखे।आफू भौतिक मन्त्रालयको जिम्मेवारी पाउने गरी कांग्रेससँग सहमति नै गरिसकेको बताउदै उनले अन्य मन्त्रालयको जिम्मा नलिने अडान राखेका छन । अर्का बिना विभागीय मन्त्री जनता समाजवादीका हरिशरण आचार्य आफूहरुलाई २ मन्त्रालयको जिम्मेवारी नदिएसम्म पदभार ग्रहण नगर्ने बताए ।

    उनले जसपाले पाउने सहमति भएको २ मन्त्रालयको जिम्मेवारी नदिएकाले आफूले पदभार ग्रहण नगरेको सुनाए। मुख्यमन्त्रीले आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिमा दिएको थियो । यसअघि कांग्रेससँग जसपाले अर्थसहित २ मन्त्रालय पाउने लिखित सहमति नगरेर पनि कार्यान्वयन नगरेको आचार्यले दोहोर्‍याए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology