नेपालमा कोरोना भाइरस संक्रमणका कारण नौ हजार भन्दा धेरै जनाको मृत्यु भएको छ । आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मात्र ३४ जनाको मृत्यु भएको छ भने थप १९२० जनामा संक्रमण पुष्टि भएको छ ।
६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् ।
जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । यस्तै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।