Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुपाकोटमा आफ्नै बाबुको खुकुरी हानेर हत्या

रुपाकोटमा आफ्नै बाबुको खुकुरी हानेर हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १७:१४:०८ बजे
  • 943
    SHARES
  • रुपाकोटमा आफ्नै बाबुको खुकुरी हानेर हत्या

    धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् ।

    images

    छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गर्दन लगायत शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो । आफूले प्रहार गरेको खुकुरीले बुबाको मृत्यु भएपछि फरार बनेका सुवर्णलाई सोल्माकै अल्छेढुङ्गाबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए ।

    घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डाँका र हातहतियार मुद्दामा कैद सजाय भुक्तान गरेर घरैमा बसेका सुवर्णले दुई वर्षपछि बुबामाथि धारिलो हतियार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

    विसं २०७१ असार १७ गते राति आँखामा टर्चको प्रकाशले हानेर अलमल्याउँदै साकेला गाउँपालिका–२ रतन्छा पिनालाखाका हरिजङ राईको सुन र नगद लुटपाटमा सुवर्णसहित चार जना संलग्न रहेको पुष्टिपछि उनी पक्राउ परेका थिए ।

    मृतक चन्द्रबहादुर पनि स्थानीय बमबहादुर राईको हत्या गरेर कैद भुक्तानपछि घरैमा बस्दै आएका थिए । विसं २०४५ भदौमा लाग्ने हरेलो मेलामा चन्द्रबहादुरसहित सात जनाले बमबहादुरको हत्या गरेको ठहरसहित अदालतको आदेशमा चन्द्रबहादुरसहित सात जनाले २० वर्ष कैद सजाय भुक्तान गरेका थिए ।

    आफ्नै छोराको खुकुरी प्रहारबाट ज्यान गुमाएका मृतक चन्द्रबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पुर्याइएको प्रहरीले जनाएको छ ।

    बुबाको हत्या गर्ने सुवर्ण चन्द्रबहादुरका एक्ला छोरा भएको स्थानीय बासिन्दाले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology