Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

डोल्पामा नहर कुलोबाट खसेर र अर्काको ट्रयाक्टरको जग भाँचिन गई च्यापिएर निधन

डोल्पामा नहर कुलोबाट खसेर र अर्काको ट्रयाक्टरको जग भाँचिन गई च्यापिएर निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १३, २०७८ आइतवार • १७:१५:३६ बजे
  • 472
    SHARES
  • डोल्पामा  नहर कुलोबाट खसेर र अर्काको ट्रयाक्टरको जग भाँचिन गई च्यापिएर निधन

    डोल्पा । यहाँ छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँ बस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युतको नहर कुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ ।

    images

    मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म नआएपछि खोजी गर्दा मृत फेला परेको प्रहरीको भनाइ छ ।

    त्यसैगरि तल्लो डोल्पामै पर्ने जगदुल्ला गाउँपालिकामा ट्रयाक्टरको ट्रलीले च्यापेर सहचालकको मृत्यु भएको छ । सोही गाउँपालिकामा पर्ने चौरीकोटबाट माझगाउँतर्फ खाद्यान्नलगायतका सामान लैजाने क्रममा ट्रयाक्टरको ट्रली बिग्रिएर बेरिङ्ग फेर्ने क्रममा जग भाँचिन गई च्यापिएर सोही गाउँपालिका वडा नं ६ गैरीगाउँ बस्ने १९ वर्षीया केरसिंह विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology