Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु

अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १७:१८:४३ बजे
  • 904
    SHARES
  • अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु

    सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ ।

    images

    कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कठिन राईले जानकारी दिए । कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गए राति मृत्यु भएको उनले बताए ।

    गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर सिफारिस गरिएको थियो । गत असार १० गते राति मादक पदार्थ सेवन गरी विवाद बढ्दै गएपछि पटेल इन्जिनियरिङ कम्पनीका पेटी ठेकेदार कालिकोट महाबै गाउँपालिका –२ का ५० वर्षीय अर्जुन सिंहले साइट सुपरभाइजर शाहीलाई हम्बरले टाउकामा हानेर गम्भीर घाइते बनाएका थिए । कुटपिटमा संलग्न सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

  • सम्बन्धित विषय:

  • # कुटपिट गरी हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology