स्याङ्जा । स्याङ्जामा मानिसमाथि आक्रमण गर्ने चितुवालाई गोली हानी मारिएको छा ।
सोमबार बिहान गल्याङ नगरपालिका-७ फाँटका खड्कबहादुर गाहाको बंगुर खोरमा पसेको चितुवालाई गोली हानेर मरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
चितुवा खोरबाट अचानक निस्केर अन्दाजी ५० मिटर टाढा बसिरहेका ३८ वर्षीय लालबहादुर बिकमाथि आक्रमण गरेको थियो। गोली लागेर घाइते भएको चितुवा केहीबेरमै मरेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। उनका अनुसार चितुवाले थप मानवीय क्षति नहोस् भनेर गोली चलाइएको थियो।
मृत चितुवाको मुचुल्का गरी वन डिभिजन कार्यालयले गल्याङ नगरपालिका वडा नम्बर ३ नर्सरी वन कार्यालयको कम्पाउण्डमा व्यवस्थापन गरेको थियो। चितुवाको आक्रमणबाट घाइते लालबहादुर बिकको गल्याङ नगर अस्पतालमा उपचार गरिएको थियो। उनी दिउँसै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
चितुवाले खोरको तीन वटा बंगुर खाएको थियो।