Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा असार २३ गतेसम्म लकडाउन थप्ने निर्णय

म्याग्दीमा असार २३ गतेसम्म लकडाउन थप्ने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १३:०२:५२ बजे
  • 1.2K
    SHARES
  • म्याग्दीमा असार २३ गतेसम्म लकडाउन थप्ने निर्णय

    म्याग्दी/ सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी आगामी २३ गते सम्म लकडाउन थप्ने निर्णय गरेको छ । जारी लकडाउन सोमबार राति सकिंदैछ । लकडाउनलाई जारी लकडाउन भन्दा केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो । 

    images

    उहाँका अनुसार अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् । खाद्यान्न ,कृषि औजार ,मल ,विउविजन ,स्थानिय उत्पादित तरकारी ,फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,हार्डवयर पसल ,पुस्तक तथा स्टेशनरी पसल ,सुनचाँदी पसल ,टेलरिङ,फेन्सी तथा कपडा पसल ,इलेक्टे«कल ,इलेक्ट्रोनिक्स,भाँडापसल ,ग्याँस ,पेट्रोल लगायत सेवाका पसलह स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पुर्ण पालना गरी बिहान ५ बजेदेखी १ बजेसम्म खुल्नेछन् ।

    त्यस्तै यातायाताका सवारी साधनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।यसअघिको निर्णय अनुसार जारी लकडाउनमा जिल्ला स्थित सरकारी कार्यालयले साप्ताहिक रुपमा आलोपालो प्रणाली अनुसार सेवा दिइरहेका छन् ।निर्णय अनुसार आइतबार धवलागिरी र अन्नपुर्ण गाउँपालिका,सोमबार मालिका गाउँपालिका ,मंगलबार बेनी नरपालिका,बुधबार रघुगंगा गाउँपालिका ,बिहिबार मंगला गाउँपालिका र शुक्रबार बेनी नगरपालिकाले सेवा दिनेछन् ।

  • सम्बन्धित विषय:

  • # म्याग्दी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology