Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिशिल्डको ‘नक्कली खोप’, छानविन गर्न माग

कोभिशिल्डको ‘नक्कली खोप’, छानविन गर्न माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १३:२८:१७ बजे
  • 973
    SHARES
  • कोभिशिल्डको ‘नक्कली खोप’, छानविन गर्न माग

    कोरोना भाइरस विरुद्धको नक्कली खोप नेपालमा विक्रीका लागि भित्रिएको खबर सार्वजनिक भएका छन् । पूर्वी नेपालबाट लुकिछिपी खोप ल्याउने गरेको महंगो शुल्कमा विक्री भइरहेको समाचार सार्वजनिक भएसँगै सबैको ध्यान खिचेको छ । कोरोना बिरुद्धको खोप अभावको मौका छोपेर नक्कली कोभिशिल्ड खोप भन्दै लुकीछिपी नेपालमा भारतीय नाका आसपासमा विक्री भएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले छानविनको माग गरेको छ ।

    images

    सो मञ्चले आफुलाई सूचना प्राप्त भएको भन्दै विज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेरै पूर्वी नाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याइ अबैध रुपमा कोभिशिल्डको खोप भन्दै लुकीछिपी ३ हजार देखि ५ हजार सम्ममा बिक्री बितरण भइरहेको गोप्य सूचना पाएको उल्लेख गरेका छन् ।

    सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोविशिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ’, विज्ञप्तिमा भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology