Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिटमाथिका सार्वजनिक बस चल्न दिने निर्णय

भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिटमाथिका सार्वजनिक बस चल्न दिने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १३:३०:०३ बजे
  • 1.5K
    SHARES
  • भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिटमाथिका सार्वजनिक बस चल्न दिने निर्णय

    जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिटमाथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

    images

    यातायात व्यवसायीको तीव्र दवावमाथि जिल्ला प्रशासनहरुले सर्तसहित सेवा सञ्चालनको अनुमति दिएका हुन् । अहिले उपत्यकाका ३ जिल्लामा निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन भइरहेका छन् । निषेधाज्ञा यसअघि लागु गरिएका अन्य प्रतिबन्ध खुकुलेका प्रावधानहरु भने कायमै रहेको ललितपुरका सिडिओ निरौलाले बताए ।

    अहिलेलाई २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्दै चलाउन अनुमति दिने निर्णभ भएको छ,” निरौलाले भने । बसहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology