भक्तपुरमा १२ बर्षिया बालिकालाई ब'ला'त्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन ।दोलखा घर भई भक्तपुर १ चोखा बस्ने बसन्त दमाइलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आरोपीले घरमा कोही नभएको मौका पारी १२ वर्षीया बालिकालाई ज'बरज'स्ती क'रणी गरेको आरोप छ।
बालिकाकी आमाले साँझ महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीपछि प्रहरीले साँझ नै वसन्त दमाईलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।