Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर फेरि बढ्न थाल्यो

उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर फेरि बढ्न थाल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १८:३७:०३ बजे
  • 1.3K
    SHARES
  • उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर फेरि बढ्न थाल्यो

    काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकअनुसार उपत्यकाका तीनै जिल्लामा संक्रमण बढेको देखिन्छ । काठमाडौंमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ गरी थप ५ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

    images

    केही दिनअघि उपत्यकामा दैनिक संक्रमण घट्न थालेको थियो । गत सातादेखि सरकारले पसलहरु सञ्चालन गर्न दिने र निजी सवारी साधन पनि जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णयपछि भिडभाड बढेको छ । जसकारण संक्रमण बढेको आशंका गरिएको छ । मंगलबारदेखि त सरकारले उपत्यकामा ठूला बस समेत सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

    सर्वसाधरणले समेत स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।

    पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् । यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन् भने थप ४२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ६४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,०५१ पुगेको छ । अहिले कुल ३५,०७५ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८७५ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

    कुल सक्रिय सङ्क्रमितमध्ये ८,३९७ जना काठमाण्डू उपत्यकामा रहेका छन् । अहिले देशभरिका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २६ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ । सोमवार पुष्टि भएकामध्ये काठमाण्डूमा ३५५ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः ११२ र ४७ जना रहेका छन् ।

    एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापा १९३ जना र मोरङ ११६ जना रहेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ६५७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १९३ जना भेन्टिलेटरमा छन् । लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९।२५ प्रतिशत महिला छन् भने ६०।७५ प्रतिशत पुरुष छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology