Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २४४४ जनामा कोरोना पुष्टि, ३८५३ जना निको

थप २४४४ जनामा कोरोना पुष्टि, ३८५३ जना निको

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १८:३८:१७ बजे
  • 817
    SHARES
  • थप २४४४ जनामा कोरोना पुष्टि, ३८५३ जना निको

    नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् । यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन् भने थप ४२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ६४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,०५१ पुगेको छ ।

    images

    अहिले कुल ३५,०७५ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८७५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । कुल सक्रिय सङ्क्रमितमध्ये ८,३९७ जना काठमाण्डू उपत्यकामा रहेका छन् । अहिले देशभरिका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २६ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ ।

    सोमवार पुष्टि भएकामध्ये काठमाण्डूमा ३५५ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः ११२ र ४७ जना रहेका छन् । एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापा १९३ जना र मोरङ ११६ जना रहेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ६५७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १९३ जना भेन्टिलेटरमा छन् ।

    लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.२५ प्रतिशत महिला छन् भने ६०।७५ प्रतिशत पुरुष छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology