पोखरा । कास्की जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो पार्दै दश दिन थप गरिएको छ । आज बसेको जिल्ला कोभिड -१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाएर दश दिन लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
निषेधाज्ञा खुकुलो भएसँगै कास्की भित्र मात्र संचालन हुने सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । तर, यसरी संचालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइनेछैन । सहचालकले अनिवार्य रुपमा पंजा र फेससिल्डको प्रयोग गर्नुपर्नेछ ।
पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै दिनहुँ सवारीलाई निसंक्रमित गर्नुपर्नेछ । यस्तै दैनिक उपभोग्यका खाद्यान्न तथा तरकारी र फलफूलका पसल बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ भने, डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, स्टेशनरी, कपडा तथा फेन्सी पसल, कस्मेटिक पसल, सुनचाँदीका पसल, भाँडा पसल, अटोमोवाइल र निर्माणजन्य सामग्रीका लगायतका सबै पसल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्न पाइनेछ।
के -के खुले के-के बन्द छन् ?

