उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप र उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय गरेको छ । सो निर्णय संगै अब उपत्यकाभर २५ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी संचालन हुने भएका छन् । सवारी साधनमा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गरेर चलाउनु पर्ने साथै बसमा सेनिटाइजर अनिवार्य राख्नुपर्नेछ भने सिटमा यात्रुको दूरी राख्नुपर्नेछ ।
सोमबार बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो । यसैगरी, बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत व्यवसाय समय तोकेर यस अघि खुलाउन दिइएको थियो ।किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् ।
निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्दै आएका छन् ।विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सबै क्षेत्र खुला हुनेछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।
थप निषेधाज्ञामा सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसकोहरुको भीडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।