Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धार्मिक पर्यटनको विकास गर्न म्याग्दी दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण

धार्मिक पर्यटनको विकास गर्न म्याग्दी दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७८ मंगलवार • ०९:३९:०६ बजे
  • 901
    SHARES
  • धार्मिक पर्यटनको विकास गर्न म्याग्दी दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण

    म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो ।

    images

    अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित रु आठ लाख, देश तथा विदेशमा रहेका दानावासीबाट प्राप्त सहयोग रु ११ लाख र रु तीन लाख बराबरको स्थानीयवासीको श्रमदान गरी कूल रु २० लाख लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर थापाले बताए ।

    मोतीचौरमा सिद्ध र बराहको मन्दिर रहेको छ । यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजाआजा हुने गर्दछ । जिल्ला र जिल्लाबाहिरका भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्नका लागि बलिसहित त्यहाँ भाकल तथा पूजा गर्न आउने गर्दछन् । सन्तान नभएकालाई सन्तानको वर प्राप्त हुने भएकाले पनि यस क्षेत्रको अझै बढी महत्व रहेको मोतीचौर बराहका संरक्षक टेकबहादुर थापाले बताउनुभयो । बलि नदिई पूजा गर्नेहरुका लागि १०८ धाराको नजिकै लक्ष्मीनारायणको मन्दिरसमेत निर्माण भइरहेको छ ।

    मोतीचौर बराहका संरक्षक थापा, लेफ्टिनेन्ट बेलबहादुर पुर्जा, हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, अन्नपूर्ण गाउँ कार्यपालिका सदस्य थमबहादुर विश्वकर्मालगायतको पहलमा उक्त धारा निर्माण गरिएको हो । पवित्र धार्मिकस्थलमा भक्तजनलाई आकर्षित गर्न र आन्तरिक पर्यटनलाई पनि प्रवद्र्घन गर्नका लागि गाउँपालिकाबाट बजेट माग गरी धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिव गङ्गा पुनले बताए । यसले सो क्षेत्रको विकास र प्रचारमा थप सहयोग पुग्ने पुनको भनाइ छ । भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी लिएर धारा बनाइएको छ ।

    गाउँको शिरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र मोतीचौरमा धारा निर्माणका लागि बेलायतलगायत विदेशमा रहेका दानावासीबाट करिब रु ११ लाख सहयोग प्राप्त भएको आर्थिक सङ्कलन अभियानकर्ता लेफ्टिनेन्ट पुर्जाले बताए । उहाँका अनुसार हिउँदमा पनि नसुक्ने १०८ वटा मूलबाट पानी ल्याइएकाले पनि यो धाराको विशेष महत्व रहेको छ । यहाँ स्नान गर्ने भक्तजनको मन शुद्घ हुने र चिताएको पनि पुग्ने विश्वास लिइएको छ ।

    मोतीचौरको धार्मिक पर्यटनलाई विकास गर्नका लागि यसै वर्षदेखि दाना, घट्टेखोला, डाँडागाउँबाट कुलिवाङ हुँदै द्वारी मोतीचौर पुग्ने सडक खन्न शुरु गरिएको छ । सो सडकलाई निरन्तरता दिनका लागि आगामी आर्थिक वर्षमा पनि वडाबाट रु १५ लाख बजेट विनियोजन गरिएको अन्नपूर्ण–३ दानाका वडाध्यक्ष नरसिंह पुनले जानकारी दिए । धारा निर्माणसँगै आवश्यक पूर्वाधार निर्माणतर्फ समितिले जोड दिएको छ ।

    स्नानपश्चात कपडा फेर्ने ठाउँ, महिला÷पुरुष शौचालय, व्यवस्थित घेराबार, पानीको मुहानको उचित संरक्षण, सिद्घ र बराह मन्दिर मर्मत, प्रवेशद्वार निर्माणलगायतका काम गर्न आवश्यक रहेकाले वडा, पालिका र देश विदेशमा रहेका दानावासीलाई सहयोगको आह्वान गरिएको उपभोक्ता समितिका सचिव पुनले बताए । रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology