Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हुम्लामा सडक खन्ने क्रममा माथीबाट आएको पहिरोमा पुरिएर चालकको मृत्यु

हुम्लामा सडक खन्ने क्रममा माथीबाट आएको पहिरोमा पुरिएर चालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १५, २०७८ मंगलवार • ०९:५२:५२ बजे
  • 787
    SHARES
  • हुम्लामा सडक खन्ने क्रममा माथीबाट आएको पहिरोमा पुरिएर चालकको मृत्यु

    हुम्ला । हुम्लामा सडक खन्ने क्रममा माथीबाट आएको पहिरोमा पुरिएर चालकको मृत्यु भएको छ ।

    images

    जिल्लाको अदानचुली गाउँपालिका ५ सेरामा सडक खन्ने क्रममा पहिरोमापरी बर्दीया घर भएका २६ वर्षीय चालक सन्तोष थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।

    स्थानीय र प्रहरी मिलेर चालकको शव निकालिएको छ । अहिले शव श्रीनगर स्वास्थ्य चौकीमा राखिएको छ । सोमबार बेलुका ६ बजेतिर सडक खन्ने क्रममा उक्त दुर्घटना भएको हो । स्काभेटरका सहचालक भने हाम फालेर बाँचेका छन् । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट दुइ दिन लाग्ने डिएसपी शर्माले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology