Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जंगली च्याउ खादा विरामी परेका थप चारको निधन,मृत्यु हुनेको संख्या चार पुग्यो

जंगली च्याउ खादा विरामी परेका थप चारको निधन,मृत्यु हुनेको संख्या चार पुग्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • २१:१८:५१ बजे
  • 1.6K
    SHARES
  • जंगली च्याउ खादा विरामी परेका थप चारको निधन,मृत्यु हुनेको संख्या चार पुग्यो
    जाजरकोट - च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै घरका थप तीनजना बालबालिकाको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । सोमबार गाउँमै एकजना बालिकाको मृत्यु भएको थियो । 

    च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । गत साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना बिरामी परेका थिए ।

    कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताए ।

    चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका एकजनाको अवस्था गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा। पौडेलले बताए ।

    'ढिलोगरी अस्पताल ल्याएको हुँदा च्याउको विषले धेरै असर गरिसकेको रहेछ जति कोसिस गर्दा पनि बचाउन सकिएन डा। पौडेलले भने,' विषले शरीर विषाक्त बनाइसकेको थियो।'

    उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा अञ्जनाको मृत्यु भएको हो । घरमुली ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित चलाउने, ३० वर्षीय बुहारी कल्पना चलाउने, छोरी पशुपति चलाउनेको सुर्खेतमै उपचार भइरहेको छ । गाउँपालिकाले निजी खर्चमा हेलिकोप्टर चार्टर गरेर बिरामीको उद्धार गरेर सुर्खेत पुरयाएको हो।

  • सम्बन्धित विषय:

  • # च्याउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology