आज (मंगलबार) सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत सोमबारको तुलनामा एक सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा झरेको हो ।
सोमबार बजारमा सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यता तेजाबी सुनको मूल्य समेत आज प्रतितोला एक सय रुपैयाँले नै घट्दै ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज मंगलबार पनि एक हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।