काठमाडौँको बबरमहलमा भाडामा बस्ने कोठा खोज्ने क्रममा जातीय विभेद गरिएपछि न्याय माग्दा आफू विरुद्ध अफवाह फैलाउने सञ्चारमाध्यम अनलाइन विरुद्ध रूपा सुनारले प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी थिइन् ।
आफूलाई भएको जातीय दु’र्व्यवहारको विरोध गर्दा ‘युरोपियन युनियन (ईयू) बाट उचालिएको’ जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै सुनारले ९ वटा अनलाइन विरुद्ध उजुरी हालेकी मध्ये ६ वटा अनलाइन बन्द गराउन दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले पत्र पठाएको छ ।

खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, र साझा मिडिया डटकम अनलाइन बन्द गराउन दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले पत्र पठाएको हो ।

अनलाइनले सुनारलाई युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको लगायत लाञ्छना लगाएका थिए। सुनारले आफ्नो चरित्र हत्याका साथै समग्र दलित समुदायविरुद्ध नै सामाजिक हिंसा भएको उल्लेख गरेकी थिइन् ।