Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा माछा मार्ने क्रममा फुस्रेखोलाले बगाएर एक युवकको मृत्यु

पोखरामा माछा मार्ने क्रममा फुस्रेखोलाले बगाएर एक युवकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १५, २०७८ मंगलवार • १७:३५:२७ बजे
  • 1.6K
    SHARES
  • पोखरामा माछा मार्ने क्रममा फुस्रेखोलाले बगाएर एक युवकको मृत्यु

    पोखरा । पोखरामा माछा मार्ने क्रममा फुस्रेखोलाले बगाएर एक युवकको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका १७ काउछे घारीस्थित फुस्रेखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा स्याङ्जाका २६ वर्षीय युम बहादुर गुरुङको मृत्यु भएको हो ।

    images

    मृतक स्याजाङको बिरुवा गाँउपालिका ७ डिही घर भइ हाल पोखरा १७ हनुमान टोल बस्दै आएका थिए । उनलाई आज बिहान सवा १० बजे माछा मार्ने क्रममा फुस्रे खोलाले ५ सय मिटर जति बगाएर बच भागमा अड्काएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

    घटना पश्चात वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको कमाण्डमा खटिएको ११ जनाको टोलीले सशस्त्र प्रहरीको रेश्क्यु टोलीको सहयोगमा मृत अवस्थामा खोलाबाट बाहिर निकालेको हो । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखराबाट प्रहरी सहायक निरिक्षक तेजबहादुर सार्कीको कमाण्डमा खटिएको ८ जनाको टोलीले मृतक गुरुङको शव दिउसो सवा १२ बजे बाहिर निकाले हो । शव पोष्टमार्टमका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरमा पठाइएको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology