Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने,दैनिक जीवन प्रभावित हुन सक्ने सतर्कता अपनाउन अनुरोध

आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने,दैनिक जीवन प्रभावित हुन सक्ने सतर्कता अपनाउन अनुरोध

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १६, २०७८ बुधवार • ०९:३७:१९ बजे
  • 445
    SHARES
  • आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने,दैनिक जीवन प्रभावित हुन सक्ने सतर्कता अपनाउन अनुरोध

    पोखरा । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ ।

    images

    कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद सजिना शाक्यले बताए । शाक्यका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

    ती प्रदेशहरुमा बाढी र पहिरोको जोखिम रहेकाले दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वषर्ाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

    महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    शुक्रबार दिउँसोसम्म प्रदेश, १ प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र शुक्रबार राति भने कर्णाली प्रदेशमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology