Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जना पक्राउ

यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७८ बुधवार • २१:१३:५० बजे
  • 412
    SHARES
  • यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जना पक्राउ

    पोखरा । ट्राफिक प्रहरीले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले यात्रुसँग बढी भाडा लिने आठ जनालाई मङ्गलबार र आज बिहान पक्राउ गरेको हो।

    images

    पक्राउ पर्नेमा दाङ घर भएका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गीमबहादुर गाहामगर, रुपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलबस्तुका ४४ वर्षीय शिवलाल घिमिरे, मोरङका ३१ वर्षीय युवराज ढकाल, उदयपुरका २९ वर्षीय राकेश रसाइली र सोलुखुम्बुका २५ वर्षीय झनकबहादुर घिमिरे रहेका छन्।

    प्रहरीले ६ जनालाई नयाँ बसपार्क र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैजनाले यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा लिएर यात्रु ओसारपसार गरेको पाइएको महाशाखाका प्रमुख र प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

    पक्राउ परेका ६ जनालाई कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र दुई जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ। महाशाखाले निषेधाज्ञाको समयमा यात्रुसँग बढी भाडा लिने ६१ जनालाई पक्राउ गरी कारबाही गरिसकेको छ।

    यसैगरी, निषेधाज्ञाको समयमा भाडामा यात्रु ओसार्ने ४७ निजी सवारी साधनलाई समेत कारबाही गरेको छ। विशेष गरी काठमाडौँ उपत्यका बाहिरिने यात्रुसँग भाडा लिई ओसारपसार गर्ने ४७ निजी सवारी साधनलाई कारबाही गरेको हो। महाशाखाले तोकिएकोभन्दा बढी भाडा लिएको वा निजी सवारी साधनले यात्रु बोकेको थाहा पाएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ। रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology