तनहुँ । तनहुँ व्यास नगरपालिका वडा न १ र १३ जोड्ने छाव्दी खोलाको पुल गए राती अविरल वर्षा सँगै आएको बाढीले बगाएको छ ।बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
वाढीले पुल बगाए सँगै बिहानैदेखि दुई वडाको सम्पर्कविच्छेद भएको छ।छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे लगायतका स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।
पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।