Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिरोमा परी तनहुँ बन्दीपुर तामुङमा दुई जनाको घटनास्थलमै ज्यान गयो

पहिरोमा परी तनहुँ बन्दीपुर तामुङमा दुई जनाको घटनास्थलमै ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १७, २०७८ बिहिवार • ०९:३२:४४ बजे
  • 1.9K
    SHARES
  • पहिरोमा परी तनहुँ बन्दीपुर तामुङमा दुई जनाको घटनास्थलमै ज्यान गयो

    तनहुँ। तनहुँ अविरल बर्षा सँगै घरमाथीबाट आएको पहिरोमा परी बन्दीपुर ३ तामुङमा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । घर माथिबाट झरेको पहिरोले पाँच घर पुरिदा दुई जना मृत भेटिएका हुन् ।

    images

    मृत्यु हुनेमा करिब ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् । राती खसेको पहिरोमा बेपत्ता उनीहरुको केहीबेर अघि शव भेटिएको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

    पहिरोका कारण घर पुरिए पछि स्थानीय बिस्थापित छन् । उद्धारको प्रयास भैरहेको अध्यक्ष थापाले जानकारी दिए ।

    तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले बगायो

    तनहुँ । तनहुँ व्यास नगरपालिका वडा न १ र १३ जोड्ने छाव्दी खोलाको पुल गए राती अविरल वर्षा सँगै आएको बाढीले बगाएको छ ।

    बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । वाढीले पुल बगाए सँगै बिहानैदेखि दुई वडाको सम्पर्कविच्छेद भएको छ।

    छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ ।

    पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे लगायतका स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology