Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते

म्याग्दीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १७, २०७८ बिहिवार • ०९:३८:४१ बजे
  • 1.8K
    SHARES
  • म्याग्दीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते

    File Pic

    images

    म्याग्दी । बुधबार राति म्याग्दीमा जिप दुर्घटणा हुदाँ दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए। उनीहरुलाई बेनी अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन् । अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ ।

    जिप गएराति सवा आठ बजेतिर सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए । सिमलचौर–मिठौला–पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नं १ लाई जोड्ने वैकल्पिक सडक हो ।

    कोरोना सङ्क्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मङ्गला–१ स्थित कुहुँलाई सिल गरिएको थियो । दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पूर्णगाउँतर्फ जाँदै थियो ।

    दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology