पोखरा । बुद्ध एयरले काठमाडौंबाट विराटनगरसम्म दैनिक चार वटा उडान गर्नेछ । तुम्लिङटार र सुर्खेतका लागि एक उडान राखिएको छ भने भद्रपुरका लागि तीन उडान तय भएको छ ।
सिमरामा दैनिक तीन, जनकपुरमा दैनिक तीन, पोखरामा तीन, भैरहवामा पाँच, नेपालगञ्जमा तीन र धनगढीमा दुई उडान गर्ने गरी तालिका मिलाइएको छ । यतीले भद्रपुरमा दुई, विराटनगरमा तीन, जनकपुरमा दुई, सिमरामा दुई, पोखरामा दुई, भैरहवामा दुई, नेपालगञ्जमा दुईवटा उडानको अनुमति पाएको छ ।
श्री एयरलाइन्सले भद्रपुरमा दैनिक एक, विराटनगरमा एक, भैरहवामा एक, नेपालगञ्जमा र धनगढीमा दैनिक दुई÷दुई उडान गर्नेछ । सौर्य एयरको जहाज भने काठमाडौंबाट भद्रपुर, विराटनगर र भैरहवाका लागि एक÷एक उडानमा हुनेछ ।
काठमाडौंबाट लुक्का, फाप्लु, डोल्पा र सिमकोट गरी दुर्गममा विमानस्थलमा उडान हुने गर्छ । यी गन्तव्यलाई दैनिक ८ उडान तोकिएको छ । समिट, तारा र सीताले यो उडान उपयोग गर्न सक्नेछन् ।
मनसुन र पर्यटकीय सिजनसमेत नभएका कारण दुर्गममा भने यात्रुको चाप नहुने समिट एयरका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीले बताए ।