Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा अविरल वर्षापछि बिभिन्न ठाउँमा गएको पहिरोले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

तनहुँमा अविरल वर्षापछि बिभिन्न ठाउँमा गएको पहिरोले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १७, २०७८ बिहिवार • १०:०३:४४ बजे
  • 2.5K
    SHARES
  • तनहुँमा अविरल वर्षापछि बिभिन्न ठाउँमा गएको पहिरोले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

    तनहुँ । अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करीब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका-७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका-१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

    पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि आज बिहानै ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन व्यस्त रहेको उनले बताए । उनका अनुसार बन्दिपुर गाउँपालिकामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । बन्दिपुर-१ गुरदुम र बन्दिपुर-४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

    बन्दिपुर-४ तामुङमा पहिरोले दुई घर बगाउँदा दुई जनाको ज्यान गएको र पाँचको उद्धार भएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए । उनका अनुसार पहिरोले बन्दिपुर-३ मा दुई वडा नं ५ मा तीन घर बगाएको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology