Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अधिकांश क्षेत्रमा वर्षा, सतर्कता अपनाउन आग्रह

अधिकांश क्षेत्रमा वर्षा, सतर्कता अपनाउन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७८ बिहिवार • १०:३१:१८ बजे
  • 859
    SHARES
  • अधिकांश क्षेत्रमा वर्षा, सतर्कता अपनाउन आग्रह

    आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षा भइरहेको छ । मनसुनी वायु सक्रिय रहेको र अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सिन्धुलीस्थित मरिनखोला कुसुन्तार बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी बर्षा मापन भएको जानकारी दिएको छ ।

    images

    मरिन कुसुन्तार, बागमती राइगाउँ, पधेरादोभान लगायतका बाढीमापन केन्द्रहरुमा जलसतह बढ्दो क्रममा रहेको विभागले जानकारी दिएको हो । सो जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा आज दिउँसोसम्मै उच्च जोखिम रहेकाले सतर्कता अपनाउन विभागले सूचना जारी गरेको छ । त्यस्तै तनहुँको बिमलनगर वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

    चुदी खोला लगायत सो क्षेत्रमा स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यसैगरी बाराको कलैया वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । पसाह, फेटा लगायत नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology