Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजदेखि राष्ट्रियसभाको आठौ अधिवेशन सुरु

आजदेखि राष्ट्रियसभाको आठौ अधिवेशन सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७८ बिहिवार • १०:३५:०७ बजे
  • 991
    SHARES
  • आजदेखि राष्ट्रियसभाको आठौ अधिवेशन सुरु

    राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदै छ । संघीय संसद भवन बानेश्वरमा आज अपरान्ह ४ बजेका लागि बैठक डाकिएको संसद सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बैठकको आवश्यक सबै तयारी पूरा भैसकेको छ । बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सबै सदस्य तथा सचिवालयका कर्मचारीको एन्टिजेन्ट विधिबाट कोरोना परीक्षण भइसकेको छ ।

    images

    त्यस्तै बैठक स्थलमा भौतिक दूरी कायम हुने गरी बस्ने व्यवस्था पनि मिलाइएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउने छन । त्यसलगत्तै विभिन्न अध्यादेशहरु पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश २०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

    त्यस्तै उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ। यसअघि राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गतेदेखि २६ गतेसम्म चलेको थियो ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology