Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँको शुक्लागण्डकी फिर्दीको सिम्लेमा पहिरोले पुरिएका दुई जनाको जीवितै उद्धार

तनहुँको शुक्लागण्डकी फिर्दीको सिम्लेमा पहिरोले पुरिएका दुई जनाको जीवितै उद्धार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १७, २०७८ बिहिवार • १६:००:०७ बजे
  • 1.2K
    SHARES
  • तनहुँको शुक्लागण्डकी फिर्दीको सिम्लेमा पहिरोले पुरिएका दुई जनाको जीवितै उद्धार

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट पहिरोले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

    images

    वर्षासँगै आएको पहिरोले पुरिएका दुई जनाको आज जीवितै उद्धार गरिएको हो । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिए।

    रेग्मीका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ । चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई उद्धार गरिएको हो । दुवै घाइतेलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।

    पहिरोले ९ वटा बाख्रा र एक वटा भैसी पुरिएर मरेको छ । सोही वडाको डहरेवस्ती पूर्ण रुपमा जोखिममा परेको छ । “बाङ्गेखोलामा आएको बाढीले ४० घर जोखिममा छ, सुरक्षित रहन सबैलाई सूचित गरिसकिएको छ,” उहाँले भन्नुभयो, “उच्च जोखिममा रहेका घरहरुले सामान सारिसकेका छन्‌ ।”

    वर्षाका कारण बाङ्गे खोला बढ्दा करिब एक हजार दुई सय रोपनीमा लगाइएको धानखेत पूर्ण रुपमा क्षति भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology