पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८५७ र ३ हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २ हजार ७३० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। बिहीबार मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार १७ जना कोरोना संक्रमण मुक्त भएका हुन्। यससँगै अहिलेसम्म ६ लाख १ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन्।
मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९३.७ प्रतिशत रहेको छ। सोहि अवधिमा नेपालमा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार १४५ पुगेको छ।